चितवनका पत्रकार र परिवारका सदस्यको पाठेघरको मुखको र स्तन क्यान्सर स्क्रिनिङ्ग
न्युजभित्तो/७ आश्विन २०७८, बिहीबार १६:०१
चितवन, ७ असोज । चितवनका पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यहरुको क्यान्सर परीक्षण गरिएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ्ग (परीक्षण) गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले कार्यक्रमको आयोजना गरेको हो भने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गरेको छ ।
कार्यक्रमको आज शुभारम्भ गरिएको छ । महासंघको अगुवाई आज र असोज १४ गते निःशुल्क परीक्षण गरिने छ भने अन्य समयमा आउनेलाई आवश्यक सहजीकरण गरिने अस्पतालले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले दिनरात नभनी काम गर्ने पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यलाई अभियानको रुपमा कार्यक्रम थालनी गर्नु सह्रानीय कार्य भएको बताउनुभयो । उहाँले कार्य व्यस्तताका कारण परीक्षण गर्न नभ्याएका पत्रकारहरुलाई सहयोग पुग्ने बताउनुभयो ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले समयमा उपचार गरेमा क्यान्सर निको हुने भएकाले नियमित परीक्षण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “समयमा रोग पहिचान भएमा थोरै खर्च र समयमा क्यान्सर निको पार्न सकिन्छ ।”
स्तन र पाठेघरको क्यान्सर मुख्य पाँच वटा क्यान्सरमा पर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो “स्तन क्यान्सर आफै छामेर परीक्षण गर्न सकिन्छ ।” जनचेतनाको अभावका कारण सामान्य हेलचक्र्याईले क्यान्सर फैलिने गरेको उहाँको भनाई छ ।
खानपान र जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने धेरै क्यान्सरका रोगहरुबाट बच्न सकिने बताउँदै उहाँले अगाडि भन्नुभयो “शारीरिक रुपमा सक्रिय जीवनयापन गर्ने र विषादीरहित खाना खाँदा पनि धेरैजसो क्यान्सरबाट बच्न सकिन्छ ।” क्यान्सर रोग रोकथामका लागि सबै क्षेत्रबाट लाग्नु पर्ने उहाँको भनाई छ ।
महासंघका अध्यक्ष नारायण अधिकारीले सुन्दा सामान्य लागे पनि स्तन र पाठेघरको क्यान्सर परीक्षण महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो “नजिकै क्यान्सर अस्पताल छ तर हामी परीक्षण गरौंला नि भनेर यसै बसेका हुन्छौं ।”
१७ औं क्यान्सर सतर्कता तथा अस्पतालको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको संयोजन महासंघका कार्यसमिति सदस्य समीक्षा पुरीले गर्नुभएको थियो । उहाँले यस्ता परीक्षण समय समयमा गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको बताउनुभयो ।
कार्यक्रममा ३२ जना महिलाको पाठेघरको मुखको र स्तनको स्क्रिनिङ्ग (परीक्षण) गरिएको थियो । बाँकी पत्रकार र परिवारका सदस्यहरुको असोज १४ गते परीक्षण गरिने संयोजक पुरीले जानकारी दिनुभयो ।
संयोजक समीक्षा पुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारी, सल्लाहकार तिलक रिमाल, अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्मा, अस्पतालका प्रशासक गृनारायण महत्तो, डा. अस्मिता राणा, कार्यवाहक नर्सिङ प्रमुख रिता घिमिरे, सिनियर स्टाफ नर्स तारा दवाडी, कल्पनना न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष प्रतिमा ढकालले स्वागत गर्नुभएको थियो ।
अस्पतालका सिनियर स्टाफ नर्स दवाडीले पाठेघरको मुखको स्क्रिनिङ्ग गर्न ३० देखि ६० वर्ष उमेर समूह हुनु पर्ने, महिनावारी भएको कम्तीमा सात दिन हुनु पर्ने, गर्भवती महिलाहरुले गर्न नमिल्ने बताउनुभयो । सामान्यतया विवाह गरेको २ वर्षपछि नियमित परीक्षण गराउनु पर्ने उहाँको भनाई छ ।