सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वडाध्यक्षमाथि हातपात भएको भन्दै पौडेल समूह प्रतिकारमा, कोइराला र सिंह सानेपामा धर्ना दिन पुग्दै


  •    न्युजभित्तो/७ आश्विन २०७८, बिहीबार १३:४९ 
  • काठमाडौं, ७ असोज । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

    कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् । मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै विरोध जनाइएको हो ।

    उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो समाजिक सञ्जालमा भाइरल छ ।

    भिडियोमा दुई जनाबीच भनाभन भएको देखिन्छ । त्यतिकैमा धेरै जना कराएको आवाज सुनिन्छ –त्यसपछि गालीगलौज शुरु हुन्छ । गालीगलौजपछि धकेलाधकेल भएको दृष्य भिडियोमा देखिन्छ । यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.