सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकल महिलाको हत्यापछि शव टुक्राटुक्रा पार्ने एक भारतीयसहित चारजना पक्राउ


  •    न्युजभित्तो/७ आश्विन २०७८, बिहीबार १२:१६ 
  • काठमाडौँ, ७ असोज । जग्गा विवादमा धारिलो हतियार प्रयोग गरी एक भारतीय महिलालाई हत्यापाछि टुक्राटुक्रा पारेर माई नदीमा शव बगाउने चारजनालाई झापा प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको हो। उनीहरूलाई झापा प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

    पक्राउपछि सार्वजनिक गरिएकाहरुमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापाको झापा गाउँपालिका९१ का ३७ वर्षीय लखन टुडु, सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम र २७ वर्षीय श्री हेमरम रहेको छन्। हत्यामा संलग्न मृतकका देवर किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५ वर्षीय मण्डल हेमरम फरार रहेका छन्। उनीहरूले डोली भनिने धोन्नी टुडुको हत्या गरेका थिए। प्रहरीका अनुसार उनीहरूले हत्या गरेर बगाएको शवका टुक्रा भदौ २५ गते झापा गाउँपालिका९१ सानोमाई खोलामा भेटिएको थियो।

    घटना सार्वजनिक भएलगत्तै महिलाको पहिचानका लागि झापा प्रहरीले अनुसन्धान टोली परिचालन गरेको थियो। शव भेटिएको ५ दिनपछि भदौ ३१ गते एक भारतीय महिलाको हत्या गरिएको झापा प्रहरीले सूचना पाएको थियो। हत्या गरिएकी महिला झापा गाउँपालिका९१ माइती घर भई हाल भारतको किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडु भन्ने पहिचान भएको झापा प्रहरी प्रवक्ता राकेश थापाले बताए। डोलीको सन्तान नभएको र उनका श्रीमानको १५ दिनअघि मृत्यु भएको थियो।

    मृतक महिलाकी सौताले विभिन्न आरोप लगाई हेला गर्ने गरेको र बोक्सीको आरोप लगाउँदै आएको प्रहरीले जनाएको छ। ‘हत्या भएकी महिला र उनका देवरसँग जग्गासम्बन्धी विवाद थियो’, प्रवक्ता थापाले भने, ‘मृतक डोलीलाई अंश नदिने योजना बनाएर हत्या गरिएको देखिन्छ।’ हत्यामा डोलीका सौताका भाइ लखन, भान्जा ऐतवार र देवर मण्डल नामका व्यक्ति प्रत्यक्ष संलग्न देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारजनाउपर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.