सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस चितवनको सचिबमा ढकालको उम्मेदवारी


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १७:४३ 
  • चितवन, ६ असोज ।नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत चितवनको जिल्ला सचिबका लागि नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । लामो समय देखि नेबिसंघको जिल्ला अधिबेशन हुन नसकीरहेको समयमा अहिल युवा पुस्ता वढि मात्रामा माउ पार्टीको राजनितिमा आएको देखिन्छ ।

    अहिले जिल्लामा क्रियाशिल बिद्यार्थी राजनिति गर्दै आएका बिद्याथीहरु मात्रै ३ सय १७ जना नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधिको रुपमा आएका छन् । उनीहरु मध्ये बिद्यार्थी राजनितिमा चिनिएका सबै कुनै न कुनै पदका लागि दावि गर्दै उम्मेदवारी दिई रहेको समयमा नौ वर्ष देखि नेविसंघ चितवनको नेतृत्व गर्दै आउनु भएका ढकाल अहिले पार्टीको जिल्ला सचिबको उम्मेदवारको रुपमा आउनु भएको हो ।

    वि. सं. २०५३ सालमा नेविसंघ आदर्श मावि दिव्यनगरको इकाई अध्यक्ष भएर राजनैतिक यात्रा सुरु गर्नु भएका ढकाल विद्यार्थी काल देखिनै राजनितिमा सक्रिय रहँदै आउनु भएको थियो । अध्ययनको शिलशिलामा सरस्वती वहुमुखि क्याम्पसको इकाइ सचिब कार्यवहाक अध्यक्ष भएर काम गर्नु भएका ढकाल स्ववियू निर्वाचनमा स्ववियू सचिबको उम्मेदवार समेत वन्नु भएको थियो । नेविसंघका तर्फबाट स्ववियू सचिब बन्नुभएका ढकाल आँफ्नै साथिहरुको अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नु परेको थियो ।

    वि. सं. २०५७ साल देखि नेपाली काँग्रेसको क्रियाशिल सदस्यको रुपमा काम गर्दै आउनु भएका ढकाल आँफुलाई पार्टीको पूर्णकालिन कार्यकर्ताको रुपमा उभ्याउनु भएको छ । ढकालले नेविसंघ चितवनको नेतृत्व सम्हाले संगै पार्टी सरकारमा हुँदा वा वाहिर रहँदा पार्टी र सरकारले गरेका नकारातमक कामको लागि बिरोध गर्ने परिपार्टी वनेको छ । यस्तै बिद्यार्थी संगठनको नाममा स्कुल कलेजमा हुने चन्दा आतङ्क समेत अन्त्य गर्न आफ्नो ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । जिल्लामा नेबिसंघलाई जस्तै चलायमान वनाउन र पार्टीको सचिबालय चुस्त दुरुस्त वनाउन आँफ्नो उम्मेदवारी रहेको उहाँले जानकारी दिनुभयो ।

    निर्वाचनमा आँफ्ना तीन वटा एजेण्डा रहेको उहाँको भनाई छ । ह्याल्लो अभियान, पुल अभियान र युवाको साथ अग्रजको अनुभव उहाँका मुख्य एजेण्डा हुन । ह्याल्लो अभियान अन्तर्गत काँग्रेसका नेता कार्यकर्ताहरुको समस्या समाधान सदरमुकाम आउनै नपर्ने गरि टेलिफोनमार्फत समस्या समाधान गरिने छ । पुल अभियान अन्तर्गत स्थानिय तहमा देखिएका समस्या स्थानिय तहमानै वा जिल्लामा ल्याएर टुङ्गाउने र जिल्लाबाट समस्या समाधान नभए केन्द्र सम्म पुगेर भए पनि समस्या समाधान गर्ने उहाँको भनाई थियो । पार्टीका २७ हजार क्रियाशिल सदस्यहरुलाई प्रबिधि मैत्री वनाउँदै तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

    युवा पुस्तामा चर्चामा रहनु भएका र बिद्यार्थी राजनितिबाट मुलधारको राजनितिमा आउन चहानु भएका युवा नेता ढकाल अब पार्टी र देशको नेतृत्व युवाले गर्नुपर्ने बताउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.