सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कान्ति राजमार्गको केही स्थानमा कालोपत्रको साटो ढलान


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १६:२७ 
  • काठमाडौँ, ६ असोज । सङ्घीय राजधानीलाई वाग्मती प्रदेश राजधानी हेटौँडासँग जोड्ने वैकल्पिक सडकका रुपमा रहेको कान्ति राजमार्गको बढी पहिरो जाने स्थानमा कालोपत्रको विकल्पमा रिजिट पेभमेन्ट (कङ्क्रिटको ढलान) गरिने भएको छ ।

    झन्डै ८६ किमी लम्बाइको सो राजमार्गमा अझै १० किमी कालोपत्र गर्न बाँकी छ । यसमध्ये पहिराको बढी जोखिम रहेको तीनदेखि चार किमी सडकमा ढलान गर्ने योजना बनाइएको कान्ति राजमार्ग योजनाले जनाएको छ । दश किमी सडकमध्ये कहाँ कहाँ कालोपत्र गर्न मिल्छ त्यो वर्ष सकिने र बाँकी स्थानमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने इञ्जिनियर दीपेश रजकले जानकारीदिनुभयो ।

    विगतमा कालोपत्र गर्ने भनिएकाले चार किमीमा कङ्क्रिट ९रिजिट पेभमेन्ट० का लागि नयाँ ठेक्का निकाल्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी ठाउँमध्ये जहाँ हामी कालोपत्र गर्न सकिँदैन, त्यहाँ डन्डी राखेर कङ्क्रिटले गर्न नयाँ बजेट माग भएको छ ।” यो सडकमा अहिलेसम्म अरूतिरको सडकभन्दा कम लगानीमा निर्माण भइरहेको योजनाले जनाएको छ । यो सडकमा एक किमी लम्बाइमा लगानी रु चार करोड रहेको थियो । यो सडकमा पहिराको समस्या हल गरेर मात्रै निर्माण अघि बढाइने उहाँले बताउनुभयो । सडकको भित्तामा वा तल्लो भागमा आवश्यकताअनुसार पर्खाल लगाइनेछ । ठाउँठाउँमा कहाँ बायोइञ्जिनियरिङको काम गर्न सकिन्छ त्यहाँ गरिने उहाँले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “निर्माणस्थलमा के अवस्था छ त्यहीअनुसार गर्ने गरी योजना बनाइएको छ ।”

    आगामी चैतसम्ममा समस्या भएको ठाउँबाहेक अरू खण्ड सम्पन्न गर्ने गरी योजना बनाइएको छ । चालु आवमा निर्माण नसकिएमा अर्को वर्ष आवतजावत गर्न अझै गाह्रो हुने इञ्जिनियर रजकले बताउनुभयो । पहिराको समस्या आगामी आवमा बढ्ने देखिएको छ । उहाँका अनुसार पुरानो ठेक्का यो वर्ष सकिने र नयाँ ठेक्कामा नजाँदा पहिरो गएको ठाउँमा हटाउन सकिँदैन । उहाँले भन्नुभयो, “चालु ठेक्का नहुँदा पहिराले अवरुद्ध सडकमा निर्माण व्यवसायीलाई काम गराउन सकिँदैन ।”

    सडकमा जहाँ सकिन्छ त्यहाँ कालोपत्र गरिने र नसकिने स्थानमा कङ्क्रिटको काम गरिने योजनाले जनाएको छ । कालोपत्र जहाँ टिक्दैन र कङ्क्रिट गर्नुपर्नेछ त्यो ठाउँ तत्काmल उसै छाडिनेछ । पटकपटक पहिरो जाने ठाउँमा कालोपत्र नटिक्ने हुँदा राज्यको लगानी खेर जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसैले पनि हामीले कालोपत्र नगरी छाडिरहेको हो ।”

    सो सडकमा पहिराको समस्या भएकाले काल्चेबाट देबीसाँध ९५७ देखि ६४ चेनेज० सम्म कालोपत्र बाँकी छ । निर्माणाधीन यो सडकमा बर्सेनि पहिराका कारण अवरुद्ध भइरहेको छ । पहिराका कारण गत वर्षहरुमा केही दिनसम्म नै सडक अवरुद्ध भएको थियो । यो वर्ष भने एक वा दुई दिनमा नै अवरुद्ध सडक खुलाइएको थियो । चालु आवमा पहिराको समस्या नयाँँ तीनचार ठाउँमा देखिएको छ । यो राजमार्गमा जहाँ पहिरो जान्छ भनिन्छ त्योभन्दा नयाँबाट गएको पाइन्छ । कुनै एक वर्ष पहिरो गएको ठाउँबाट अर्को वर्ष नजाने हुँदा पहिराको अनुमान गर्न गाह्रो हुने रजकले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “खासगरी महशादेबटार, ठिङ्गन, छपेली, तामाखानी, मल्ल होटल नजिक यो वर्ष समस्या देखिएको छ ।” राजमार्गको बुद्धचोकबाट ७९ किमी टीकाभैरवसम्म मात्रै योजनाले हेर्ने गरेको छ । पहिले सो राजमार्गको अन्तिम विन्दु सातदोबाटो थियो भने सरकारले यसलाई राष्ट्रिय राजमार्गमा सूचीकृत गरेसँगै अन्तिम विन्दु एकान्तकुना निर्धारण गरिएको छ । अहिले टीकाभैरवदेखि एकान्तकुनासम्म डिभिजनले हेरेको छ । उहाँले भन्नुभयो, “राजमार्ग नै भएकाले भविष्यमा योजनाले नै हेर्न सक्नेछ ।”

    दुई लेनमा निर्माण भइरहेको राजमार्गमा रहेका पुलहरु भने एक लेनका रहेका छन् । सडक विभाग, पुल महाशाखाले त्यसलाई विस्तार गरेर सडक जतिकै चौडाइको बनाउने भएको छ । सो राजमार्गमा अधिकांश स्थानमा चौडाइ दुई लेन अर्थात् सात मिटर छ । कटिङ गर्न नसकिने कठिन चट्टान भएको ठाउँमा भने चौडाइ केही कम छ । पुल अहिले एक लेन अर्थात् चारपाँच मिटरसम्म रहेको छ । विस्तार गरेपछि दोहोरो गाडी हिँड्न सक्ने बन्ने योजनाले जनाएको छ ।

    राजमार्गमा निर्माणको काम ९० प्रतिशत सकिएको योजनाका प्रमुख ज्ञानेन्द्र झाले जानकारीदिनुभयो । उहाँका अनुसार कालोपत्र गर्न बाँकी खण्डमा ग्राभेल गरिएको छ । सडकमा पहिले पहिरो सफा गरेपछि मात्रै निर्माण अघि बढाइने उहाँले बताउनुभयो । सो सडक गत वर्षहरुमा केही दिनसम्म अवरुद्ध भएको थियो । यस वर्ष योजनाले विभिन्न निकायसँगको समन्वयमा एकदुई दिनमा नै खुलाइएको थियो । कतिपय ठाउँमा पूरै खुलाउन नसकिएकामा मौसम सफा हुनासाथ एकातर्फी खुलाइएको छ । उहाँले भन्नुभयो, “छसात ठाउँमा पहिरो गएकामा अहिले एकातर्फबाट चालु छ ।”

    राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छ ।

    निर्माण सुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२÷७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता ९पिवान० मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता बर्सेनि राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।

    निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ करिब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ । सङ्घीय राजधानीलाई तराई÷मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौँ–तराई÷मधेश द्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
    • उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
    • नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.