सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीमानको हत्या आरोपमा महिला पक्राउ


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १५:५६ 
  • गोरखा,६ असोज । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ ।

    असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

     

    ‘लगातार घाँटी थिचेका कारण आइतबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुल्न आयो अनि हामीले माइलीलाई पक्राउ गर्‍यौं’ उनले भने । मंगलबार पक्राउ परेकी माइलीविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

    धार्चे गाउँपालिका–२ केरौजाका आइतबहादुरको परिवार २०७२ सालको भूकम्पले वस्ती जोखिममा परेपछि गोरखा नगरपालिका–७ पौवाखेतमा बसोबास गर्दै आएका थिए । उनीहरुको दुई छोरामध्ये कान्छो छोरा र बुहारी उनीहरुसँगै बस्छन् ।

    श्रीमानले रक्सी खाएर गाली गरेकाले घाँटी थिचेको माइलीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । घटनाको भोलिपल्ट बिहान माइली आफूले काम गर्ने गोरखा बसपार्कस्थित होटल मुक्तिनाथ पुगेकी थिइन् । घरमा मान्छे जम्मा भएर बोलाएपछि उनी घर फर्किएकी थिइन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.