सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालका निर्देशक भक्तमान अपहरण मुद्दाका दोषी राजेन्द्र पण्डित पक्राउ


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १३:२४ 
  • चितवन,६ असोज । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए ।

    पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । पछिल्लो समय नुवाकोटमा देखिएपछि प्रहरीले पक्राउ गरेको ब्युरोका एक अधिकृतले बताए ।

    अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो । र, फिरौतीवापत तीन किलो ६ सय ग्राम सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो ।

    त्यसवेला सुन लिन रोहित नै गएका थिए । उनीहरुको समूहले त्यसवेला भीओआईपी कलबाइपासको प्रयोग गरेर परिवारसँग सम्पर्क गर्ने गरेको थियो । जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने थाहा पाउन सकेन । परिवारले अपहरणकारीलाई फिरौती रकम बुझायो ।

    प्रकरणमा रोहितलाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ गरिसकेका छन् ।

    मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन । उनको श्रीमतीसँग पनि डिभोर्स भइसकेको छ । वेलावेला उनी नुवाकोट आउने गरे पनि प्रहरीले समात्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
    • भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.