सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार ११:४४ 
  • काठमाडौं,६ असोज। अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।

    तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेकोले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।

    तालिबानले दोहास्थित आफ्ना प्रवक्ता सुहेल साहीनलाई राष्ट्रसंघको स्थायी प्रतिनिधि तोकेको छ। गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले यसअघि अफगानिस्तानको प्रतिनिधित्व गर्ने अधिकारीले अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ ।

    अहिले तालिबानले गरेको आग्रहको विषयमा विचार गर्ने जिम्मा क्रेडेन्सियल कमिटीको हुन्छ । यो कमिटिमा अमेरिका, चीन र रुससहित नौ सदस्य राष्ट्र छन् । यद्यपि यो कमिटिको बैठक राष्ट्रसंघको महासभाअघि बस्ने सम्भावना निकै कम छ । त्यतिबेलासम्मका लागि राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । उनले सेप्टेम्बर २७ मा राष्ट्रसंघमा आफ्नो भनाइ राख्ने अपेक्षा छ ।

    तालिबानले भने अहिले धेरै मुलुकले अफगानिस्तानको राष्ट्रपति पनि असर्फ घानीलाई नमान्ने भन्दै इसाक्जाईले पनि अब अफगानिस्तानको प्रतिनिधित्व नगर्ने बताएको छ। यसअघि तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा कब्जा जमाउँदा पनि राष्ट्रसंघका स्थायी प्रतिनिधि भने पुरानै सरकारका प्रतिनिधि थिए ।

    मंगलबार राष्ट्रसंघको बैठकमा कतारले विश्वका सबै नेतालाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको थियो। तालिबानलाई बेवास्ता गर्दा ध्रुवीकरण र त्यसको प्रत्युत्तरमा विभिन्‍न गतिविधि हुन सक्ने भन्दै कतारले तालिबानसँग जोडिनुपर्ने बताएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.