सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार ११:०७ 
  • काठमाडौं,६ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।

    महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । प्याब्सन प्रचारप्रसार प्रमुख एवं महर्षी स्कुल सामाखुशीका प्राचार्य निर्मल पौैडेलले दुईवर्षे कार्यकालका लागि शनिबार दोस्रो अधिवेशन हुन लागेको जानकारी दिनुभयो ।

    यसभन्दा पहिले २०७५ मङ्सिरमा पहिलो अधिवेशन सम्पन्न भएको थियो । दुईवर्षे कार्यकाल रहने उक्त अधिवेशनमा महानगरपालिकाभित्रका ३५० विद्यालयको सहभागिता रहने प्याब्सन महानगरपालिकाका अध्यक्ष मुरारीप्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

    प्याब्सनले महानगरपालिकाभित्रका ३२ वडामा रहेका निजी विद्यालयमा विद्यालय सञ्चालनमा परेका समस्या र शैक्षिक क्षेत्रको गुणस्तरका बारेमा छलफल चलाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.