सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वविद्यालयमा तीन दिनदेखि तालाबन्दी


  •    /२३ श्रावण २०७६, बिहीबार ०९:३६ 
  • वीरेन्द्रनगर । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तीन दिनदेखि तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले भर्ना शुल्कमा गर्ने वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।

    उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले जानकारी दिनुभयो । आफ्ना मागहरु पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उहाँले बताउनुभयो ।

    विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु, विद्यार्थी सङ्गठन र इञ्जिनियरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।

    आफ्ना मागहरु पूरा नभए मङ्गलबारदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम अहिलेलाई स्थगित गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शाहीले बताउनुभयो । “विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाले विद्यार्थीका मागलाई लिएर वार्तामा बस्ने भनिसकेपछि आन्दोलनका थप कार्यक्रम रोकेका छौँ”, शाहीले भन्नुभयो, “विश्वविद्यालयमा तालाबन्दी भने यथावत राखेका छौँ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.