सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १०:२१ 
  • भजनी, ६ असोज । हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।

    पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिनुभयो ।

    यस वर्ष कर्णाली नदीमा पानीको बहाव धेरै हुँदा पूर्वतर्फका दुई स्पान जोड्ने भाग करिब छ इन्च जति छुट्टिएका थिए । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुईपटक सर्वसाधारण तथा गाडी आवागमनमा बन्द गरिएको थियो । कर्णालीमा पुल निर्माण भएदेखि नै पूर्वतर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकाले तटबन्ध वर्षेनी भत्कने गरेको थियो । तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्षदेखि नै पुलको पूर्वतर्फ दुईवटा पिलर थप्नका लागि पहल गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासी जीतबहादुर चौधरी बताउनुहुन्छ ।

    यस वर्ष जेनतेन पुल जोगाउने काम भएको जनाउँदै आगामी हिउँदमा कर्णालीको बीच भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानीय सर्पराज साउदले बताउनुभयो । यस वर्ष पारीपट्टिको भागमा ठूलो ढुङ्गा हाल्ने काम भएकाले पुलको संरक्षण भएको थियो । विसं २०७१ मा निर्माण भएको १३ स्पान रहेको उक्त पुलको लम्बाइ ५३१ मिटर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.