सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐतिहासिक दस्तावेज ‘चितवन दर्पण’ प्रकाशन


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १०:०५ 
  • चितवन,६ असोज । जिल्लाको इतिहास, वर्तमान र परिकल्पना समेटिएको पुस्तक ‘चितवन दर्पण’ प्रकाशन गरिएको छ । जिल्ला समन्वय समितिले प्रकाशन गरेको पुस्तकको मङ्गलबार पाँचौँ जिल्लासभामा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विमोचन गर्नुभयो ।

    पुस्तकका लागि यहाँका सात पालिका समेटेर पाँच विषयविज्ञ लेखकले लेख्नुभएको छ । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने पुस्तक प्रकाशन तथा संयोजन समितिका संयोजकसमेत रहनुभएका बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले ‘चितवन दर्पण’ पुस्तक यहाँको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो ।

    “विज्ञ लेखकले निकै मेहेनत गरेर लेख्नुभएको छ”, उहाँले भन्नुभयो, “पुस्तकबाट वर्तमान र भावी पुस्ताले जिल्लाका बारेमा धेरै जानकारी लिन सक्नेछन् ।” जिल्लाको यतिधेरै तथ्य तथ्याङ्कसहित ऐतिहासिक विषयवस्तु समेटिएर प्रकाशन गरिएको यो पुस्तक पहिलो भएको उहाँले बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले एउटै पुस्तकमा समग्र जिल्लाको जानकारी प्राप्त गर्न सकिने जानकारी दिनुभयो । उहाँले पुस्तकबाट चितवनका बारेमा धेरै जानकारी प्राप्त गर्न सकिने जनाउँदै नयाँ पुस्ताले एउटै पुस्तकबाट धेरै विषय अध्ययन गर्न सक्ने बताउनुभयो । पुस्तकमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक एवं पर्यटकीयस्थलका बारेमा जानकारी प्राप्त हुने उहाँको भनाइ छ । जिल्लाका विज्ञहरुलाई सहभागी गराएर पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको डल्लाकोटीले बताउनुभयो ।

    पुस्तक प्रकाशनका क्रममा विज्ञसहितको टोलीले चितवनका सात पालिकामा पुगेर तथ्य तथ्याङ्क सङ्कलन गरेको थियो । सो क्रममा सबै पालिकाका अग्रज तथा विज्ञहरुसँग आवश्यक जानकारी लिइएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदीले जानकारी दिनुभयो । उहाँले विज्ञहरुको एक वर्षको मेहेनतबाट पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुभयो । पुस्तकमा जिल्लाका ऐतिहासिक र परिकल्पना गरेका तस्वीरसमेत राखिएको छ ।

    जिल्लाको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने अग्रजहरुको परिचय र योगदानसमेत पुस्तकमा समावेश गरिएको छ । पुस्तक प्रकाशनका क्रममा आवश्यक तथ्य, तथ्याङ्क उपलब्ध गराउनका लागि जिल्लावासीमा आह्वानसमेत गरिएको थियो ।

    सामाजिक विकासमन्त्री सुवेदी संयोजक रहनुभएको पुस्तक प्रकाशन तथा संयोजन समितिमा सदस्यसचिव डा विश्वराज सुवेदी, सदस्यमा प्रा डा देवीप्रसाद कँडेल, राजेन्द्र रेग्मी, रमाकान्त सापकोटा, इन्द्रप्रसाद लामिछाने, मुनाकुमारी श्रेष्ठ, डिआर पोखरेल, कपिल सुवेदी, डा इन्द्रविलास घिमिरे रहनुभएको छ ।

    यस्तै जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतमको संयोजकत्वमा व्यवस्थापन समिति र सम्पादक सहयोग समितिका संयोजक नेपाल पत्रकार महासङ्घका अध्यक्ष नारायण अधिकारी, सदस्यमा पत्रकार दीपेन्द्र अधिकारी र कृष्ण आचार्य रहनुभएको छ । पुस्तकमा भाषा सम्पादनको काम प्रध्यापक कृष्णमणि पहारीले गर्नुभएको छ । पुस्तक प्रकाशनमा योगदान पु¥याउने सबैलाई पाँचौँ जिल्लासभामा सम्मानसमेत गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.