सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १४:४९ 
  • लुम्बिनी, ५ असोज । कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानका लागि क्रेडिट कार्ड÷एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानलाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताउनुभयो । उहाँले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने जानकारी दिनुभयो ।

    बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरिद गर्न सकिने र कार्डको पिन÷पासवर्ड सुरक्षित राख्न किसानलाई आग्रह गर्नुभयो । उहाँले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनाका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताउनुभयो ।

    बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपिओसले बैंकको काम गर्ने जानकारीदिनुभयो ।

    बैंकअन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताउनुभयो ।

    के हो किसान क्रेडिट कार्ड

    विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताउनुभयो ।

    आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने बैंकले उहाँले बताउनुभयो । त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.