सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो : सहमहामन्त्री महत


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १४:३२ 
  • काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताउनुभएको छ । कांग्रेसले तीनै तहको निर्वाचन जित्न पार्टीको आगामी १४औँ महाधिवेशनको ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।

    कांग्रेसद्वारा आयोजित काठमाडौँ महानगरपालिका–४ र ५ द्वारा आयोजित छुट्टाछुट्टै वडा अधिवेशनको आज उद्घाटन समारोहमा सहमहामन्त्री महतले कांग्रेसको मुख्य लक्ष्य नै आगामी आम निर्वाचन जित्ने रहेको स्पष्ट पार्नुभयो ।

    निर्वाचन जित्ने ढङ्गले सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसमा क्रियाशील सदस्यको अहम भूमिका रहने बताउनुभयो । पार्टीको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा रही निरन्तर क्रियाशील रहन उहाँले सबैमा आग्रह गर्नुभयो ।

    “पार्टीमा समय दिनसक्ने, सङ्गठन विस्तार गर्नसक्ने र मतदातालाई आकर्षित गर्नसक्ने कार्यकर्ताको खाँचो छ, सक्रिय सदस्य बन्नुभएका पार्टी कार्यकर्तालाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गरी पार्टीलाई जनतासँग जोड्ने प्रयासमा लाग्नुस्”, नेता महतले भन्नुभयो । कांग्रेसको नेतृत्वमा बनेको वर्तमान संविधानको भावना र मर्मअनुरुप एक तिहाइ स्थानमा महिला निर्वाचित गर्ने कामको थालनी भएको उहाँको भनाइ थियो ।

    दुई तिहाइको सरकार राज्य सञ्चालनमा असफल भएपछि अप्ठ्यारो अवस्थामा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको स्पष्ट पार्दै नेता महतले प्रतिकूलतासँग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताउनुभयो ।

    कांग्रेसका संस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न पार्टीको १४औँ महाधिवेशनले महत्वपूर्ण योगदान पु¥याउने नेता महतले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.