सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ढुङ्गे गाउँ सडक सञ्जालले जोडियो


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १४:११ 
  • मुग्लिन, ५ असोज  । गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुङ्गे गाउँमा सोमबार पहिलोपटक मोटर पुगेको थियो । “गाउँमा गाडी चल्न सुरुआत भएसँगै कृषि उत्पादन बजार पु¥याउन सजिलो हुने भयो । आयआर्जनमा समेत वृद्धि हुन्छ । ”

    स्थानीयवासी यामबहादुर गुरुङले भन्नुभयो । गाउँमा सडक पुगेसँगै कृषि प्रवद्र्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ । विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा कृषि उत्पादनमा लाग्न सकेका थिएनन् ।

    जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुङ्गेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । उक्त गाउँमा मोटरबाटो पु¥याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रु २५ लाख विनियोजन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.