सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन वडा सभापति सर्वसम्मत


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १३:२४ 
  • काभ्रेपलाञ्चोक, ५ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन हुनुभएको छ ।

    यसरी चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा पे्रम शर्मा वाग्ले हुनुहुन्छ ।

    पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिनुभयो । उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्लामा तेह्र पालिका छन् ।

    आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको केन्द्रीय कार्यालय अनुसार यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सदस्यता विवरण प्राप्त भएपछि वडा अधिवेशनको समय तालिका निर्धारण गरिनेछ । वडा निर्वाचनमा उन्नाइस् हजार १० सदस्यले मतदान गर्न पाउने समितिले जनाएको छ ।

    समितिका अनुसार वडा निर्वाचनमा वडासभापतिसहित २२ को वडा कार्यसमिति चयन गनर्छे । साथै, वडा निर्वाचनमा वडामा रहेका क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जनाइएकोे छ । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

    पार्टीको निर्वाचन कार्यतालिका अनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ÷नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ ।

    यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर नौदेखि १३ गतेसम्म तय गरिएको छ । यसैबीच, यही असोज ९ गते हुने नगर निर्वाचनमा बनेपाका वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    जिल्ला सभापतिमा भने सात आकांक्षी देखिनुभएको छ । वर्तमान जिल्ला पार्टी सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्व सांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागार्इं र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
    • पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
    • सौराहामा पर्यटकको आगमन उत्साहजनक: व्यवसायी
    • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.