सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १०:२७ 
  • काठमाडौं,५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।

    समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।

    तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ ।

    समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।

    ३२ वर्षपछि हङकङसँग खेल्दै

    नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १-० ले पराजित भएको थियो ।

    त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३(० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने(सामने हुन लागेका हुन् ।

    मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समयअनुसार ३स्४५ बजे सुरु हुनेछ ।

    राष्ट्रिय टिमले हङकङलाई नहराए पनि नेपालको एपीएफ टिमले भने मैत्रीपूर्ण खेलमा हङकङलाई ३(१ ले पराजित गरेको थियो । त्यस खेल खेलेका केही खेलाडी अहिले राष्ट्रियमा टिममा समेत छन् ।

    राम्रो नतिजा ल्याउने आशा

    पहिलो खेलमा फिलिपिन्सविरुद्ध जित नजिक पुगेर पनि हार बेहोर्दा नेपाली टिमसँगै मुख्य प्रशिक्षक ग्यारी फिलिप्स निराश थिए । एन्फाको प्राविधिक निर्देशकसमेत रहेका ग्यारीले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय म्याचको अनुभवको कमी भएको बताएका थिए ।

    यस्तै गोलकर्ता विमला चौधरी र डिफेण्डर पुजा रानाको चोटले पनि नेपाललाई असर गर्‍यो ।

    दोस्रो खेलमा भने प्रशिक्षक ग्यारीले पनि राम्रो नतिजा ल्याउने आश गरेका छन् । उनले नेपालले जितकै लागि खेल्ने भन्न खोजेका हुन् ।

    यस्तै कप्तान रेनुका नगरकोटले पनि पहिलो खेलमा आफैं सम्हालिन नसक्दा गोल बेहोरेको र दोस्रो खेलमा त्यो कमजोरी सुधार गर्दै खेल्ने बताएकी छिन् ।

    नेपालको महिला टिमले सन् १९८६ र १९८९ सहित १९९९ गरी तीन पटक एसियन च्याम्पियनसिप खेलेको थियो । त्यसबेला छनोट खेल्नु नपर्ने भएकोले नेपालले सिधै एसियन च्याम्पियनसिप खेलेको थियो ।

    तर अहिले भने छनोट चरण खेल्नुपर्नेछ । महिला विश्वकपको लागि समेत एसियन कप छनोटको आधार रहेकोले एसियन कपमा छनोट नहुने टिम भने विश्वकप होडबाट स्वतस् बाहिरिने छन् ।

    नेपालले हङकङविरुद्ध जित हात पारे मात्र एसिया कप पुग्ने सम्भावना कायम रहन्छ । बराबरी वा हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

    यदी नेपालले हङकङलाई राम्रो नतिजामा हराउने र हङकङले फिलिपिन्सलाई पनि हराएमा तीन वटै टोलीको समान तीन अंक हुनेछ । यस्तोमा नेपाल शीर्ष स्थानमा रहने सम्भावना पनि रहन्छ । तर त्यसका लागि आज नेपालले हङकङलाई हराउनैपर्नेछ ।

    हङकङका लागि भने पहिलो खेल भएकोले जस्तो नतिजा आए पनि छनोटको सम्भावना कायमै हुन्छ । यस समूहको शीर्ष टोलीमात्र अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.