सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार १५:३४ 
  • वीरगञ्ज,३ असोज । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए ।

    वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।

    मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

    आशिष सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा र प्रितम कक्षा ६ मा अध्ययनरत् थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.