सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान दिवसः कारागार भवन उद्घाटन


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार १३:३१ 
  • झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ ।

    प्रशासनिक भवन निर्माणका लागि सङघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ ।

    भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर भवनको शिलान्यास गर्नुभएको थियो । आज उहाँले नै संविधान दिवसको अवसर पारेर भवनको उद्घाटन गर्नुभएको छ ।

    भद्रपुर नगरपालिका–८ मा पाँच दशक अघि बनाइएको झापा कारागारको पुरानो भवनमा २५० कैदीबन्दी अट्ने क्षमता छ । जीर्ण र पानी चुहिने अवस्थाको पुरानो भवनमा हाल एक हजार २०० कैदीबन्दी कष्टपूर्वक बस्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी तिम्सिनाले सङ्घीय सरकारले कारागारको प्रशासन भवन बनाउन बजेट पठाएको भएतापनि कारागारका कैदीबन्दीको विजोग अवस्था देखेर बजेट संशोधन गरी उनीहरु बस्ने भवन नै बनाइएको बताउनुभयो ।

    कारागारका प्रमुख ९जेलर० राजेन्द्र गौतमले नयाँ भवनमा ३५० जना कैदीबन्दीलाई राख्न सकिने जानकारी दिनुभयो । “कर्मचारीलाई प्रशासनिक भवन नचाहिएकोे होइन”, उहाँले भन्नुभयो, “तर, कारागारभित्र कैदीबन्दी खाँदाखाँद गरेर बस्नु पर्ने दयनीय अवस्था देखेर हामीले उहाँहरुकै लागि भवन थप्नुपर्छ भन्ने सोच्यौं ।”

    गत आर्थिक वर्षभित्रै भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौँले फागुनमा ठेक्का सम्झौता गरेको भएपनि कोभिडकै कारण निर्माणमा केही ढिलो भएको बताइएको छ । पुरानो भइसकेको जीर्ण अवस्थाको कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि नै उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो ।

    नयाँ भवन बनेपछि कैदीबन्दीलाई बस्न केही सहज भए तापनि समस्याको पूर्ण समाधान भने भएको छैन । अहिलेको कारागार भवन रहेको स्थानबाट तीन किलोमिटर पश्चिममा प्रदेश प्रशिक्षण केन्द्रको १० बिघा सरकारी जग्गा कारागारको स्वामित्वमा आइसकेको हुँदा आगामी चार वर्षभित्र नेपालकै नमूना कारागार भवन निर्माण हुने प्रजिअ तिम्सिनाले जानकारी दिनुभएको छ ।

    यसैबीच, संविधान दिवसका अवसर पारेर कारागारका कैदीबन्दीलाई खेलकुदका सामान आज हस्तान्तरण गरिएको छ । भद्रपुर नगरपालिकाको सहयोगमा ती सामान प्रादन गरिएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बन्दी विकास पुस्तकालयलाई खेलकुदका सामान हस्तान्तरण गर्नुभएको थियो ।

    समाजसेवी मीरा थापाले नयाँ भवनमा कैदीबन्दीका लागि ५५ इञ्चको एलइडी टेलिभिजन सहयोगस्वरुप प्रदान गर्नुभएको छ ।

    १२ कैदीबन्दी छुटे

    संविधान दिवसको अवसरमा आज झापा कारागारका १२ जना कैदीबन्दी रिहा भएका छन् । हाल सो कारगारमा एक हजार २४५ कैदीबन्दी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवद्र्धन गरिँदै
    • सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.