सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन्दर्भ संविधान दिवसः ‘संविधानले हाम्रा अधिकार समेट्न सकेन’


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार १३:२२ 
  • भजनी, ३ असोज । संविधानमा आफूहरुका अधिकार समेटिनुपर्ने माग राखी आन्दोलनरत थरुहट÷थारुवान सङ्घर्ष समितिको आन्दोलन हिंसात्मक हुँदा कैलालीको टीकापुर नगरपालिकामा २०७२ भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाउनुपरेको थियो ।

    आन्दोलनमा सहभागी केही आन्दोलनकारीलाई पक्राउ गरी मुद्दा समेत चलाइयो । अहिले पनि सात जना टीकापुर घटनाको आरोपमा कारागारमा छन् । थरुहट÷ थारुवान राज्यको मागसहित आफूहरुको मूलभूत अधिकार कार्यान्वयन गर्नुपर्ने माग सो समुदायको छ ।

    कैलाली, जानकी गाउँपालिकाका विश्राम थारु संविधान निर्माणका क्रममा आफ्ना अधिकार संविधानमा सुनिश्चित हुनुपर्छ भनी आन्दोलनमा होमिनुभयो । आन्दोलनका क्रममा टीकापुर घटनाको आरोपमा विश्रामले साढे वर्ष कारागार जीवन बिताउनुप¥यो । कैलाली जिल्ला अदालत र पुनरावेदन अदालत डोटीले विश्रामलाई सफाइ दिइसकेका छन् । “आफ्नो अधिकारलाई राज्यले संविधानमा सुनिश्चित गर्न शान्तिपूर्ण आन्दोलन गरिए पनि राज्यले थाहरुका माग संविधानमा सम्बोधन गर्न सकेन”, विश्रामले भन्नुभयो, “अझै पनि अधिकारको लडाइँ जारी नै छ । राज्यले केही माग पूरा गरे पनि केहीमा सरकारले चासो दिएको छैन ।”

    टीकापुर– ५ का रामनारायण चौधरीले पनि टीकापुर घटनामा दोषीको आरोपमा साढे तीन वर्ष कारागार जीवन बिताउनुप¥यो । “हामीहरुले आफ्नो पहिचान र अधिकारको माग गर्दै राज्यसँग गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा भएको घटनामा निर्दोषले पनि कारवाही भोग्नुप¥यो तर पनि हाम्रा अधिकारहरु संविधानमा सुनिनिश्चित हुन सकेन”, रामनारायणले भन्नुभयो, “राज्यले थारु समुदायलाई सधैँ उपेक्षा गर्दै आयो ।

    अझै पनि हाम्रो मुद्दाको अन्तिम सुनुवाइ हुनसकेको छैन ।” उहाँले अधिकारका लागि भएको आन्दोलनलाई राज्यले ठूलो बनाएको बताउँदै अहिलेसम्मका अन्य राजनीतिक घटना जस्तै थारु आन्दोलनलाई पनि राजनीतिक घटना बनाएर सबै निर्दोष थारुहरुलाई निःशर्त रिहाइको माग गर्नुभयो । भजनी नगरपालिका वडा नं ६ की यमुनादेवी चौधरीका श्रीमान् सन्तकुमार अहिले सुनसरीको झुम्का कारागारमा हुनुहुन्छ । उहाँ पनि टीकापुर घटनामा दोषी ठहर गर्दै पक्राउ पर्नुभएको थियो ।

    चौधरीलाई कैलाली कारागार हुँदै दिपायल कारागारबाट सुनसरी पु¥याइएको छ । सन्तकुमार र सीताराम चौधरीका नाममा दुई मुद्दा उहाँले खेप्नुपरेको छ । “राज्यले श्रीमान्लाई पक्राउ गरेपछि दुई छोरी र म कष्टकर जीवन बिताइरहेका छौँ । घरको मूली मान्छेलाई राज्यले दोषी ठहर गरी कारागार पठायो । घरको आम्दानीको स्रोत नै गुमेको छ”, यमुनादेवीले भन्नुभयो, “राज्यले हामी थारु समुदायलाई निकै उपेक्षा गर्दै आएको छ ।

    यो वियोगमा हामीले कुन सन्तुष्टिमा घरमा दीपावली गराँैं ? कसरी राष्ट्रिय झण्डा फहराऔँ ?”सरकारले यसअघि भएका सहमति कार्यान्वयन गरी संविधानलाई सबैको पहुँचमा लैजानुपर्ने माग थारुहरुको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.