सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा विस्फोट, कम्तिमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार १२:२९ 
  • काठमाडौँ, ३ असोज । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् । ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले भनेको छ ।

    तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

    जलालावादमा बिस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुईजना घाइते भएका थिए । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो, त्यसको छोटो समयमै यहाँबाट अमेरिकी नेतृत्वको विदेशी सेना हटिसकेको छ । देशमा शान्ति–सुरक्षा स्थापना गर्दै स्थिर वातावरण बनाउने प्रतिबद्धता तालिबानले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.