सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखराको सेदीदेखि सराङकोट जोड्ने अन्नपूर्ण केबुलकार दशैंमै शुरु हुने


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार ११:४३ 
  • पोखरा,३ असोज  । कोरोना महामारीका कारण निर्माणमा केही ढिलाइ भएको अन्नपूर्ण केबुलकार सञ्चालन तयारीमा पुगेको छ । लकडाउन र निषेधाज्ञाका कारण समयमै काम हुन नसकेपनि अब भने सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको कम्पनीको भनाइ छ ।

    कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले अब ५ देखि १० प्रतिशत मात्रै काम बाँकी भएको र दशैं र तिहारमै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको बताए । ‘सञ्चालन पहिले नै भइसक्नुपर्ने थियो, तर कोरोना महामारीका कारण समय केही ढिला भएको छ,’ उनले भने, ‘जापानबाट प्राविधिक आएपछि सञ्चालन हुन्छ ।’

    केबुलकार सञ्चालनका लागि जापानबाट आउनुपर्ने प्राविधिकहरु जापानमा लकडाउन भएका कारणले आउन पाएका छैनन् । उनीहरु आएर १० देखि १५ दिनभित्र बाँकी काम सकाएपछि परीक्षण शुरु गरिने पौडेलले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधारको सम्पूर्ण काम सकिएको छ । अब प्राविधिक पक्षको केही काम बाँकी छ । जापानमा लकडाउन थप नलम्बिए प्राविधिकहरु सेप्टेम्बर महिनाभित्रै नेपाल आइपुग्नेछन् र बाँकी काम सकिनेछ ।

    फेवातारको किनारादेखि सराङकोटसम्म पुग्ने केबुलकार २ हजार २७५ मिटर लम्बाइको हुनेछ । जसमा १३ वटा टावर रहनेछन् भने १८ वटा गोण्डुलाले यात्रु ओसारपसार गर्नेछन् । महाप्रबन्धक पौडेलका अनुसार २ किलोमिटरको दूरी पार गर्नका लागि ८ मिनेटको समय लाग्नेछ । एउटा गोण्डुलामा बढीमा ९ जनाका हिसाबले १४४ जनाले एकैसाथ यात्रा गर्न सक्नेछन् ।

    केबुलकार सञ्चालन भएपछि विशेष गरी पोखराबाट सराङकोटमा सूर्योदय हेर्न जानेका लागि सहज हुनेछ । त्यसका लागि केबुलकार विहान ५ बजेदेखि नै सञ्चालन गरिने गरी योजना कम्पनीको छ । सराङकोटबाट अन्नपूर्ण हिमालको रेञ्ज र माछापुछ्रे हिमालसँगै फेवातालको मनोरम दृश्यावलोकन समेत गर्न सकिनेछ ।

    केबुलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियाली वन जंगल तथा पोखराको सुन्दर दृश्य देख्न सकिन्छ । कम्पनीले पूर्ण क्षमतामा सञ्चालन गर्दा दैनिक १५ सय मानिसलाई सेवा दिन सक्नेछ । कम्पनीले भविष्यमा ३५ वटासम्म गोण्डुला सञ्चालन गर्न सक्ने योजना बनाएको छ । कम्पनीले सेदीदेखि सराङकोटसम्ममा बीच बाटोमा तार मुनी पर्ने राइट अफ वेमा पर्ने जग्गा अहिले स्थानीयसँग खरिद गरिसकेको छ । शुरुमा कम्पनीले उक्त जग्गाधनीलाई सेयरधनी बनाउने निर्णय गरेको थियो ।

    हाल कम्पनीमा २० प्रतिशत लगानी स्थानीयबासी, १५ प्रतिशत जापानी लगानीकर्ता र बाँकी ६५ प्रतिशत लगानी कालु गुरुङ र उनको समूहको लगानी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.