सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन ः अध्यक्ष तिमिल्सेना


  •    न्युजभित्तो/२ आश्विन २०७८, शनिबार १४:२५ 
  • कर्णाली, २ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उहाँले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको छ भन्नुभयो ।

    “राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार हुँदैन, यस्तो सहयोग दुरुपयोग हुन थालेको सुनिने गरेको छ”, सहयोग सामग्री हस्तान्तरण गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १ घाटगाउँस्थित राउटे बस्तीमै पुग्नुभएको अध्यक्ष तिमिल्सेनाले बताउनुभयो, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हुने गरी विशेष नीति तथा कार्यक्रम सञ्चालन गरिनुपर्छ र यस्मा स्थानीय तहले पनि बढी ध्यान दिनुपर्छ ।

    ” उहाँले चेतना ९शिक्षा०, स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटे छिट्टै लोप हुने चिन्ता पनि व्यक्त गर्नुभयो । कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाहले राउटेलाई मदिराको कुलतबाट जोगाउनु नै मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सरकारी÷गैरसरकारी निकाय र व्यक्तिले थुपै्र सहयोग गरेपनि त्यसको उचित सदुपयोग राउटे समुदायले गर्न नसकेकाले समस्या ज्यूका त्युँ रहेको टिप्पणी गर्नुभयो ।

    राउटे, लोपोन्मुख, सीमान्तृकत जाति उत्थान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले निस्वार्थ ढङ्गले राउटेका जीवनशैलीमा सुधार ल्याउन प्रयास गर्दा धेरै आरोप सहनुपरेको गुनासो गर्नुभयो । बेलायत बस्दै आएका वीरेन्द्र केसी र रवीन्द्रजङ्ग लामिछानेले पठाएका ७५÷७५ थान म्याट, बल्याङ्केट तथा प्रिफर्म, ५० थान पाल, चप्पल १२५ थान, साबुन, पिठोलगायत सामग्री पठाएका थिए । सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको भेरी नदी किनारस्थित बालुवासङ्ग्रहीबाट एक साताअघि सोही नगरपालिकाको घाटगाउँमा राउटे बसाइँ सरेका थिए ।

    समुदायमा आफ्ना कुनै सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन रहेकाले पछिल्लो समय उनीहरूले छिटोछिटो बसाइँ सर्दै आएका छन् । नेपालकै अतिलोपोन्मुख यो समुदायमा १४१ जना छन् । सङ्घीय सरकारले यो समुदायको सामाजिक सुरक्षाका लागि मासिक रु तीन हजार प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.