सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ ः नेता सिंह


  •    न्युजभित्तो/२ आश्विन २०७८, शनिबार १३:०६ 
  • काठमाडौँ, २ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ ।

    स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उहाँले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले संविधानको मर्म र भावनाविपरीत काम गर्न नसकेपछि काँग्रेस नेतृत्वमा सरकार निर्माण भएको हो, सबैलाई मिलाएर लैजाँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।” काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको उहाँको भनाइ छ ।

    नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताउनुभयो । उहाँले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताउनुभयो । “विधिअनुसार पार्टी नचल्दा विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ, १४औँ महाधिवेशनलाई निष्पक्ष तवरले सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    उहाँले संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउने विषयमा निरन्तर छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनमा र काँग्रेसलाई बलियो बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, किरण गिरी, पूर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.