सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवौँ विज्ञान दिवस ः विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड


  •    न्युजभित्तो/१ आश्विन २०७८, शुक्रबार १६:२१ 
  • काठमाडौँ, १ असोज  । मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताउनुभएको छ । नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक तहले विज्ञान शिक्षाका लागि प्राथमिकता दिनसकेमा विज्ञानमार्फत समृद्धि हासिल हुने बताउनुभयो ।

    मन्त्रालयका शिक्षा हेर्ने सचिव रामप्रसाद थपलियाले विज्ञानको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

    विज्ञान हेर्ने सचिव सुरेश आचार्यले विज्ञान कूटनीतिको प्रवद्र्धन गर्दै यस क्षेत्रमा वैदेशिक लगानी र ज्ञान ल्याउन पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । पूर्वविज्ञानमन्त्री गणेश साहले विज्ञान र हरेक क्षेत्रको अन्तरसम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभयो । ‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) सहित आज यो दिवस मनाइएको हो । दिवसको मूल समारोह समितिले दिवसका अवसरमा रु २५ हजार राशिको विज्ञान पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मणि दाहाललाई दिने घोषणा गरियो । यस्तै एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदियमान प्रविधि, विपद् न्यूनीकरणसम्बन्धी प्रविधि, जैविक प्रविधिका विधामा पुरस्कार घोषणा गरिएको छ ।

    दिवसका अवसरमा शिक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । नेपालमा अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई नेपाल सरकारको २०६९ मङ्सिर ८ गतेको निर्णयानुसार यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा साताव्यापी कार्यक्रम मनाइँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.