सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’


  •    न्युजभित्तो/१ आश्विन २०७८, शुक्रबार १०:४४ 
  • गण्डकी, १ असोज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताउनुभएको छ ।
    नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उहाँले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्ग्रहालयमा प्रदर्शित विभिन्न जातजातिसहितको मानवकक्ष, पर्वतीय हिमशृङ्खला, हिमाल आरोहणका गतिविधि, भौगोलिक कक्षलगायतको रुचिपूर्वक अवलोकन गर्दै उहाँले मुलुकको गहनाका रूपमा रहेको सङ्ग्रहालयको उचित प्रचारप्रसार गर्दै विश्वका पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
    कोरोना कहरका कारण चार महिनादेखि बन्द भएको सो सङ्ग्रहालयमा भदौ २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएसँगै दैनिक ७० जनाको हाराहारी आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दै आएको कर्मचारी सरिता कँडेलले जानकारी गराउनुभएको थियो । सङ्ग्रहालय प्रवेशका लागि विद्याथीलार्ई रु ५०, नेपालीका हकमा रु १००, सार्क राष्ट्रका नागरिकका लागि रु २५० र बाह्य पर्यटकका लागि रु ५०० टिकटको व्यवस्था गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.