सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यमनमा झडप, पचासको मृत्यु


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १६:५१ 
  • दुबइ, ३१ भदौ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।

    एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेका छन् ।

    एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ

    हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकू संख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

    इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

    साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।(एएफपी

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.