सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–इयू चलचित्र महोत्सव शुक्रबारदेखि


  •    न्युजभित्तो/३१ भाद्र २०७८, बिहीबार १६:१४ 
  • काठमाडौँ, ३१ भदौ । नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रबारदेखि प्रारम्भ हुने भएको छ ।

    कोभिड महामारीका कारण भोलिदेखि अप्रत्यक्ष माध्यमबाट असोज ९ गतेसम्म हुने महोत्सवमा दर्शकका मन जित्न सफल भई पुरस्कार प्राप्त गरेका १५ वटा चलचित्रसहित १४ वटा युरोपेली देशका २६ वटा अन्य चलचित्र प्रदर्शन गरिने यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

    महोत्सवमा पाँचवटा नेपाली कथानक चलचित्र पनि प्रदर्शन गरिनेछ । प्रदर्शन हुने युरोपेली चलचित्रलाई नेपालीमा भाषान्तर गरिएको छ । जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षणलगायत विधाका चलचित्र पनि महोत्सवमा प्रस्तुत गरिनेछ ।

    महोत्सव जारी रहँदा प्रतिनिधिमण्डलले नेपाली सिने क्षेत्रमा आबद्ध कलाकार, निर्देशक, चलचित्र समीक्षक र सञ्चारकर्मीसँग अप्रत्यक्षरूपमा छलफल गर्नाका साथै पर्यावरणमा कुनै किसिमको प्रभाव नपारी त्यसको संरक्षण गर्दै चलचित्र छायाङ्कन गर्न सकिने विषयमा पनि छलफल गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.