सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ जिल्लाका सीडीओ फेरिए, चितवनको प्रमुख जिल्ला अधिकारीमा आस्मान तामाङ


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार २०:२२ 
  • चितवन, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएको छ ।

    ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएको छ । गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा भक्तपुरमा सरुवा हुनु भएको छ भने गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेल पुग्नु भएको छ ।

    मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालयमा सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा सहसचिव काशीराज दाहाल सीडीओ बन्नु भएको छ । गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बन्नु भएको छ । संखुवासभाका सीडीओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा हुनु भएको छ ।

    दोलखामा टेकराज निरौला सीडीओ बनेका छन् भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादव सीडीओ बनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.