सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा असोज १५ गतेसम्म निषेधाज्ञा थप, व्यवसायीसँगको समन्वयपछि सिनेमा हल बारे निर्णय हुने


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १५:४७ 
  • चितवन,३० भदौं । चितवनमा जारी निषेधाज्ञा १५ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा ३२ गते राति १२ बजे सकिदैछ ।

    सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार व्यवसायीहरुसँग समन्वय गरेर कोभिड १९ संक्रमण नहुने सुनिश्चितता सहितको मापदण्ड तयार भएपछि मात्रै सिनेमा हल सञ्चालन बारे निर्णय गरिनेछ । काठमाडौंमा सिनेमा हल खोल्न दिइए पनि चितवनमा भने अझै अनुमति दिइएको छैन ।

    यस्तै उद्योग, व्यवसाय सञ्चालन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको अनुगमन समितिको सिफारिसमा त्यस्ता उद्योग व्यवसाय आदेश अवधिभर बन्द गरी कारबाही गरिने समेत सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।

    यसबाहेकका अन्यको हकमा भने यस अघि कै आदेशलाई निरन्तरता दिइएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.