सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहानमा युवती मृत फेला


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १३:०९ 
  • जनकपुरधाम,३० भदौ । सिरहाको लहानमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी लहान नगरपालिका–३ प्रगति टोलस्थित डेरामा मृत फेला परेकी हुन् ।

    कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
    बिहानैदेखि रातिसम्म बाहिर ननिस्किँदा घरधनीले खोजबिन गरेका थिए । त्यस क्रममा उनको ढोका तोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

    घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    घटना आत्महत्या वा हत्या के हो भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा बाहिर आउने डीएसपी बुढाथोकीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.