सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने


  •    न्युजभित्तो/३० भाद्र २०७८, बुधबार १२:१२ 
  • काठमाडौँ, ३० भदौ । चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिनुभयो । पन्ध्र वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् ।
    काठमाडौँको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् । असोज पहिलो सातादेखि विद्यालय खुलाइने दमक ः कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेको दमकका विद्यालय आगामी असोजको पहिलो सातादेखि खुलाइने भएको छ ।
    कोरोनाको जोखिम केही कम भएको जनाउँदै दमक नगरपालिकाले आफ्ना मातहतमा रहेका शैक्षिक संस्थालाई विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालय सञ्चालनका लागि निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग सुुझाव माग गरेको थियो । सोही सुझावका आधारमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
    शाखा प्रमुख न्यौपानेले विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय सञ्चालन गरिने बताउनुभयो । कार्यविधिमा कक्षाकोठामा विद्यार्थी राख्दा अनिवार्य भौतिक दूरी कायम गराउनुपर्ने, मास्कको प्रयोग गराउनुपर्ने, विद्यालयका हरेक कक्षाकोठा अगाडि हात धुने व्यवस्था गरिनुपर्ने, भीडभाड र जम्मा हुन नदिन आलोपालो पद्धतिद्वारा पठनपाठन गराउनुपर्नेलगायतका छन् । यसका लागि नगरपालिकाले निरन्तर अनुगमन गर्ने पनि उहाँले बताउनुभयो ।
    जोखिमको अवस्था हेरेर विद्यालय कसरी सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा विद्यालय आफैँले पनि निर्णय लिन सक्ने पनि शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.