सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइसिसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले टस जितेर व्याटिङ गर्दै


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार १६:३३ 
  • काठमाडौँ,२९ भदौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा घरेलु टिम ओमानसंग प्रतिस्पर्धा गर्दै छ ।

    नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुँदैछ । नेपालले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय लिएको छ ।
    नेपालको ओपनिङ व्याटिङ कुशल भुर्तेल र आशिफ शेखले गर्दैछन् । नेपालले आजको खेलमा पनि जित निकाल्ने तयारीमा छ ।

     

     

    लिग–२ मा नेपालले घरेलु मैदान काठमाडौँमा ओमानसँग दुई खेल खेलिसकेको छ। तर दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। त्यसैले आजको खेल नेपालका लागि बदला लिने अवसरको रुपमा रहेको छ ।

    ओमान सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको हो ।

    विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन् । नेपाल समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

    यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.