सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार १५:१६ 
  • काठमाडौं,२९ भदौ । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।

    विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि यसबारे छलफल भएको छ,’ उनले भने,’दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्‍याउन फेरि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउँछौं ।’

     

    कोरेनाको महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने सो संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान थियो । गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।

    दशैंमा सार्वजनिक सवारीमा हुने भिडभाडको मौका छोपी बढी भाडा लिएर ठगी हुने गर्छ । त्यसलाई रोक्न र सहजसँग घर जाने वातावरण बनाउन अग्रिम बुकिङ खुलाउने गरिएको छ ।

    यो वर्ष वैज्ञानिक भाडादर समायोजन भएकाले बुकिङका लागि व्यवसायीले कुनै शर्त नतेर्स्याउने अपेक्षा सरकारको छ ।

    व्यवसायी भन्छन्या-त्रुको चाप हेरौं

    सरकारले गरेको अग्रिम टिकट बुकिङ खोल्ने प्रस्तावमा व्यवसायीहरुले घुमाउरो रुपमा असहमति प्रकट गरेका छन् । उनीहरुले बुकिङ खुल्नुअघि दशैंका घर जाने यात्रुको चाप अवस्था हेरेर निर्णय लिनुपर्ने बताएका छन् ।

    नेपाल यातायआत व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारसँग दोस्रो चरण छलफल गरेर मात्रै अग्रिम बुकिङबारे टुंगो लगाउने बताउँछन् ।

    ‘महामारीको अवस्था छ, यात्रु धेरै नहोलान्, गाडीको उपलब्धताको अवस्था हेरेर अग्रिम बुकिङबारे निर्णय लिनुपर्छ,’ उनले भने । यात्रुको चाप थोरै भएमा बुकिङ खोल्न आवश्यक नपर्ने संकेत व्यवसायीको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.