सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुर दुर्घटना अपडेट : मृतक र घाइतेहरुको खुल्यो पहिचान


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार १३:१७ 
  • नवलपुर, २९ भदौ  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।
    ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
    काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.