सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक मर्मत छिटो गर्न माग गर्दैै पूर्वपश्चिम राजमार्गको लोथरमा सडक अवरुद्ध


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार ०९:०५ 
  • चितवन, २९ भदौ । पूवू–पश्चिम सडक खण्डको लोथर खण्डमा बनाएको सडक एक महिना पनि नबित्दै भत्किएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । चितवन र मकवानपुरको सिमा क्षेत्र लोथरमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । उनीहरुले विहान ८ बजेबाट राजमार्ग अबरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताउनुभयो ।

    स्थानीयले ड्रम, ढुंगा, टायर राखेर सडक बन्द गराएका छन्। प्रहरी प्रवक्ता रिमालका अनुसार अहिले राजमार्गमा प्रहरीलाई पठाएर सडक खुलाउने विषयमा स्थानीयसँग छलफल भैरहेको छ । राजमार्ग बन्द हुँदा चितवनतर्फ आउने र हेटौडा भएर जाने सवारी साधानहरु बीच बाटोमा नै रोकिएका छन् । चितवनको लोथरखण्ड र मकवानपुरको लोथरखण्ड दुबै क्षेत्रमा राजमार्ग बिग्रिएको छ । मकवानपुरको लोथरखण्डमा बिगिएको सडक गत असारमा बनेको भएपनि अहिले पुनः बिग्रिएको छ । चितवनतर्फको लोथरखण्डमा भने अहिलेसम्म बिग्रिएको सडक बनेको छैन ।

    लोथर खोलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन् गरी क्षमताभन्दा बढी लोड लिएर सवारी सञ्चालन हुँदा उक्त सडक खण्डमा सधैं सडक भत्किने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.