सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आईसीसी क्रिकेट विश्वकप लिग २ : अमेरिकामाथि नेपालको शानदार जित


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार ०७:०८ 
  • काठमाडौं, २९ भदौ । ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

    अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । उनले यसअघि पपुवा न्यु गिनीविरुद्धको सिरिजको दोस्रो खेलमा ८६ रन बनाएका थिए । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

    अमेरिकाले दिएको मध्यम लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । ओडीआईमा नेपालले ओपनिङमा सर्वाधिक साझेदारीको कीर्तिमान पनि बनायो । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

    नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए । उनले ४२ बल खेल्दै २ चौका प्रहार गरे । आसिफलाई नास्थुस केन्जिगले निसर्ग पटेलबाट क्याचआउट गराए । त्यसपछि कुशल र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स अघि बढाए । तर स्कोर ९३ हुँदा ज्ञानेन्द्रले व्यक्तिगत १७ रन बनाएर आउट भए । १५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्रलाई निसर्ग पटेलले एलबीडब्लु धरापमा पारे ।

    एक छेउबाट इनिङ्स सम्हालिरहेका कुशलले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे । तर ३३औं ओभरको पहिलो बलमा कुशल निसर्ग पटेलको बलमा एलबीडब्लु भएपछि यो साझेदारी टुट्यो । ओडीआईमा पहिलो अर्धशतक बनाएका कुशलले ९३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ८४ रन जोडे ।

    त्यसपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न क्रिज पुगेका कुशल मल्ल १ रन मात्र बनाएर आउट भए । मल्ल ३४औं ओभरमा कप्तान सौरभ नेत्रभाल्करको बलमा मोनाक पटेलबाट क्याचआउट भए । कुशल मल्ल आउट हुँदा नेपालको स्कोर १४५.४ थियो । ईकान्तिपुरबाट

    त्यसपछि रोहितले विकेटकिपर विनो भण्डारीसँग मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरे । नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा विनोद भण्डारी ३७ रन बनाएर ४९औं ओभरको दोस्रो बलमा आउट भए । भण्डारीले ४८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

    ४९औं ओभरको अन्तिम बलमा २ रन लिँदै नेपाललाई जित दिलाएका रोहितले ८७ बल खेल्दै २ चौका र ३ छक्का मद्ददतमा अविजित ६२ रन बनाए । करण केसी १ रनमा अविजित रहे ।

    अमेरिकाका लागि निसर्ग पटेलले १० ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर २ विकेट लिए । नास्थुस केन्जिगले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।

    ओमानको मस्कटस्थित अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

    अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे । तेस्रो विकेटका लागि मोनाक र निसर्गले ४९ रनको साझेदारी गरेका थिए ।

    यस्तै ओपनर सुशान्त मोदानी र करिमा गोरेले १६(१६ रन जोड्दा अर्का ओपनर स्टेभेन टेलरले १४ रन जोडे । नास्थुस केन्जिगे र सन्जय कृष्णमुर्तीले समान १३ रन बनाए । जसकरण मल्होत्राले ११ रन जोडे । अमेरिकाका अभिषेक पाराडकार १३ र कप्तान सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे । एलमोर अचिनसनले खाता खोल्न सकेनन् ।

    नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २(२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए । अमेरिकाका दुई खेलाडी रनआउट भएका थिए ।

    सुशन भारीले १० ओभरमा ३१ रन मात्र खर्चेका थिए । सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चिए । कुशल मल्लले पनि पूरै स्पेल बलिङ गर्दा १० ओभरमा ४५ रन खर्चिए ।

    अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ ।

    नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । ओमान १६ अंकसहित शीर्ष स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.