सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आकर्षणस्थल बन्दै ‘ऐनापहरा झरना’


  •    न्युजभित्तो/२८ भाद्र २०७८, सोमबार १५:५२ 
  • दमौली, २८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रहेको ऐनापहरा झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं २ र ४ को सिमानामा पर्ने उक्त झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको हो । राजमार्गसँगै जोडिएका कारण पनि यात्रा गर्ने हरेक सर्वसाधारण झरनामा पुग्ने गरेका छन् ।

    झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । काठमाडौँ–स्याङ्जा यात्राका क्रममा मानिसको चहलपहल देखेपछि झरनामा पुगेका स्याङ्जाका राजकुमार तामाङले झरना निकै राम्रो लागेको प्रतिक्रिया दिनुभयो । काठमाडौँका सचिन खड्काले टिकटकमा झरना देखेर यात्रा गर्दा आफू पनि उक्त भरनामा पुगेको जानकारी दिनुभयो । खोला बढेका बेलामा पानीको बेग बढी हुने भएकाले झरना मनमोहक देखिएको उहाँले बताउनुभयो ।

    तनहुँको व्यास नगरपालिका–४ का सुदिप पौडेलले ऐनापहरा महत्वपूर्ण पर्यटकीयगन्तव्य रुपमा विकास हुन थालेको सुनाउनुभयो । त्यस क्षेत्रमा पार्किङको समस्या देखिएकाले गाउँपालिकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । निजी सवारी साधनमा राजमार्ग हुँदै यात्रा गर्ने अधिकांश सर्वसाधारण झरनामा केही समय भुल्ने गरेका छन् ।

    आँबुखैरनी–४ का वडाध्यक्ष नेत्र गुरुङले दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनासम्म आउने गरेको जानकारी दिनुभयो । झरनामा पर्यटकीय चहलपहल बढेसँगै गाउँपालिकाले यसलाई व्यवस्थित बनाउन पहल थालेको छ ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सर्वसाधारणको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सर्वसाधारणको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि पार्किङ निर्माणको काम शुरु गर्ने तयारीमा छौँ ।” राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेटाउने स्थलका रुपमा विकास गरिरहेको उहाँले बताउनुभयो ।

    सर्वसाधारणको चहलपहल बढेपछि यहाँका स्थानीयवासीलाई आयआर्जनको माध्यम पनि भएको छ । पानी, चाउचाउलगायतका खाद्य पदार्थ बिक्री वितरण गरेर स्थानीयवासीले आम्दानी गर्न थालेका छन् । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन डिपीआर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा यस ठाउँका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ ।

    रु १० करोडको बजेटमा संरचना निर्माण गरिने पोख्रेलले बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.