सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको जीवनस्तर सुधार भए मात्र समृद्ध नेपाल बन्छ : मन्त्री भुसाल


  •    न्युजभित्तो/२८ भाद्र २०७८, सोमबार १४:१२ 
  • काठमाडौँ, २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्ने बताउभुएको छ । राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान दिनुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।”

    जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनुपर्छ भन्नुभयो । आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बीस युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउँदै छन् । यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुनेछन् ।”

    त्यसैगरी बिजुलीको महसुल दर घटाएर जनतालाई राहत दिने निर्णय गरेको मन्त्री भुसालको भनाइ थियो । उहाँले भन्नुभयो, “अब ग्यास चुलोभन्दा विद्युतीय चुलो सस्तो हुन्छ, यो नेपाली उत्पादन हो, यही प्रयोग गरौँ ।” मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने स्यालो ट्युबवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डिप ट्युबवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    “कृषिजन्य वस्तुको आयातमा कमी भई व्यापार घाटा कम गर्न मद्दत पुग्नेछ । सामाजिक उत्तरदायित्व जनतामा केन्द्रित हुनुपर्छ”, मन्त्री भुसालले भन्नुभयो, “राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा हुनुपर्छ र गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।” राष्ट्रि वाणिज्य बैंक मानक बैंकका रुपमा खडा हुनुपर्नेमा जोड दिँदै उहाँले यस बैंकको पक्षमा राज्य रहेको छ भन्नुभयो ।

    लामो प्रयासपछि सङ्घीय सांसदको खाता वाणिज्य बैंकमा सञ्चालन भएर तलब र भत्ता बुझ्ने अवस्था सिर्जना भएको स्मरण गर्दै मन्त्री भुसालले कर्मचारी, व्यवस्थापन र सरकारको एकीकृत प्रयासबाट वाणिज्य बैंकले जनताको सेवा गर्नुपर्ने बताउनुभयो । विनाप्रतिस्पर्धा कर्मचारी राखेका कारण सार्वजनिक संस्था मारमा परेको बताउँदै उहाँले कानूनी प्रक्रियाका कारण लोकसेवाले कर्मचारी उपलब्ध गराउन ढिलाइ हुने प्रक्रियालाई सुधार गर्दै लैजानमा आफ्नो जिम्मेवारीअनुसार पहल गर्ने विश्वास दिलाउनुभयो ।

    सो अवसरमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकको पूँजी संरचना बढाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले ठूला निजी बैंकसँग प्रतिस्पर्धा गर्नका लागि पनि पूँजी वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल वाणिज्य बैंकले ७७ जिल्लाका २४७ शाखाबाट ३८ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.