सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १२:४८ 
  • पर्वत, २७ भदौ  । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।
    गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचारसँगै आर्थिक अनुशासन क्षेत्र समेटर कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
    यसरी मापन गरिएका आधारमा झापा, अर्घाखाँची र रुकुमपूर्व सर्वोत्कृष्ट अङ्क हासिल गरी ‘ए प्लस’ ग्रेडमा पर्न सफल भएका छन् भने ललितपुर, रुकुमपश्चिम, गुल्मी, स्याङ्जा र पर्वतलगायतका १४ जिल्ला ‘ए ग्रेड’मा पर्न सफल भएका छन् ।
    त्यस्तै कार्यसम्पादनको उत्तमस्तरमा मनाङ, नवलपुरलगायत १८ जिल्ला समावेश भएका छन् भने मध्यमस्तरमा २१ र न्यूनस्तरमा २१ जिल्ला समावेश भएका छन् । न्यूनस्तरमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय पनि समावेश भएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.