सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार १२:२६ 
  • मकवानपुर,२७ भदौ । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३ प्रतिशत अर्थात् १८ लाख ६५ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका हुन् ।

    प्रदेशका १८ वर्ष भन्दा माथिका ३२ लाख ८३ हजार ९ सय ३३ जना अर्थात् ५६ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको कुनैपनि खोप लगाएका छैनन् ।

    प्रदेशका ३ लाख ४७ हजार १ सय ११ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ११ लाख ७० हजार ८ सय ६२ जनाले भेरोसेल र ३ लाख ४७ हजार ४ सय १४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

    काठमाडौंका ७ लाख ३३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको पूर्ण खोप सेवा लिएका छन् । काठमाडौंका १ लाख ३९ हजार ५१ जनाले कोभिसिल्ड, ५ लाख ९४ हजार १ सय २८ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् ।

    ललितपुरका २ लाख २२ हजार २ सय ३३ जनाले कोरोना विरुद्धको खोपको दुवैमात्रा लगाएका छन् । ललितपुरका ३२ हजार २ सय ३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ७ सय ५९ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् ।

    भक्तपुरका १६ हजार ४ सय ८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ७ सय १९ जनाले भेरोसेल र १९ हजार ६ सय ८९ जनाले जोन्सन गरी कुल १ लाख ५५ हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    रसुवाका २१ हजार ५४ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । जसमध्ये ३ हजार ७० जनाले कोभिसिल्ड, १५ हजार ९ सय ८४ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् ।

    नुवाकोटमा कोरोना विरुद्धको खोप लगाएका ५६ हजार ५ सय ४३ जना मध्ये १८ हजार ७ सय ८५ जनाले कोभिसिल्ड, २५ हजार ९ सय ७५ जनाले भेरोसेल र ११ हजार ७ सय ८३ जनाले जोन्सन खोप लगाएका छन् ।

    धादिङका १२ हजार ७ सय १० जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २४ हजार ७ सय ९ जनाले भेरोसेल र १५ हजार २ सय ८ जनाले जोन्सन गरी कुल ५२ हजार ६ सय २७ जनाले खोप लगाएका छन् ।

    चितवनका ३६ हजार २ सय ५ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ७८ हजार ४ सय ८८ जनाले भेरोसेल र ३६ हजार ५ सय ३७ जनाले जोन्सन गरी कुल १ लाख ५१ हजार २ सय ३० जनाले खोप लगाएका छन् ।

    सिन्धुलीका ६ हजार ३ सय जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार १ सय ६ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन गरी कुल ३१ हजार ५ सय ३ जनाले खोप लगाएका छन् ।

    मकवानपुरका १० हजार ५९ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार ३ सय जनाले भेरोसेल र ५ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ३० हजार २ सय ८२ जनाले खोप लगाएका छन् ।

    रामेछापका ३० हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २३ हजार ९ सय ९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन गरी कुल ७१ हजार ३ सय ५६ जनाले खोप लगाएका छन् ।

    दोलखाका ८ हजार ५ सय ५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय जनाले भेरोसेल र ५ हजार ३ सय २५ जनाले जोन्सन गरी कुल ३२ हजार २ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    काभ्रेका २१ हजार १ सय ९३ जनाले कोभिसिल्ड, ५८ हजार ६ सय ६४ जनाले भेरोसेल र २१ हजार ६ सय ३९ जनाले जोन्सन गरी कुल १ लाख १ हजार ४ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    सिन्धुपाल्चोकका १२ हजार १ सय २९ जनाले कोभिसिल्ड, २५ हजार ६ सय ३२ जनाले भेरोसेल र ११ हजार ९ सय २३ जनाले जोन्सन गरी कुल ५९ हजार ६ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

    बागमतीका ३९ प्रतिशतले अझै पाएनन् कोभिसिल्डको दोस्रो मात्रा

    बागमती प्रदेशमा अझै ३९ प्रतिशत व्यक्ति कोरोना विरुद्धको काभिसिल्डको खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

    गत वर्षको माघबाट सुरुभएको खोप अभियानके विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरु मध्ये अझै ३९ प्रतिशत व्यक्ति खोपको पर्खाइमा रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

    प्रदेशका १३ जिल्लाका कुल ५ लाख ६७ हजार ८ सय २६ जना कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमध्ये ३ लाख ४७ हजार १ सय ११ जनाले मात्र कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् । अर्थात् प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा गरिएकाहरुमध्ये ६१ प्रतिशत व्यक्तिले मात्र दोस्रो मात्रा प्राप्त गरेका छन् ।

    मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंका ४७ प्रतिशत, ललितपुरका २२ प्रतिशत, भक्तपुरका २५ प्रतिशत, रसुवाका ५५ प्रतिशत, नुवाकोटका ३४ प्रतिशत, धादिङका ४८ प्रतिशत, चितवनका २६ प्रतिशत, सिन्धुली ४७ प्रतिशत, मकवानपुरका ५६ प्रतिशत, दोलखाका ३१ प्रतिशत, काभ्रेका ३५ प्रतिशत र सिन्धुपाल्चोकका ६८ प्रतिशत व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पाएका छैनन् ।

    रामेछापमा भने पहिलो मात्रा लगाएका भन्दा ६८ प्रतिशत बढी व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.