सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला, बच्चाको जन्म


  •    न्युजभित्तो/२६ भाद्र २०७८, शनिबार १९:२६ 
  • चितवन, २६ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्ना  मृत फेला परेको छ भने एउटा नयाँ बच्चाको जन्म भएको छ । निकुञ्जको पदमपुर फाँटमा रहेको इन्क्लोजरमा हिजो भदौ २५ गते मृत अर्ना फेला परेको हो भने दुई दिन अघि जन्मिएको बच्चा फेला परेको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मृत्यु भएको पोथी अर्ना प्राकृतिक रुपमा कालगतिले मरेको प्रारम्भिक अनुमान गरिएको छ । सोही इन्क्लोजरभित्र दुई दिन अघि जन्मिएको अनुमान गरिएको एउटा बच्चा फेला परेको छ । उक्त बच्चाको लिंग पहिचान हुन नसकेको अधिकारीले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    यसअघि उक्त एन्क्लोजर क्षेत्रमा १२ वटा अर्ना रहेकोमा उक्त पोथीको मृत्यु संगै ११ वटा भएका थिए । पुनः नयाँ बच्चाको आगमन संगै १२ वटा नै रहेका छन् । सो मध्ये ६ वटा वयष्क (२ भाले र ४ पोथि ) र नया चितवनमा जन्म लियका (२ पोथी र ३ भाले र १ नवागन्तुक लिंग पहिचान भइ नसकेको) छन् । यस निकुन्जमा १२ वटा कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ वटा सदर चिडियाखाना ललितपुरबाट स्थान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईयको थियो । स्थानान्तरण गरी ल्याएपछि सात वटा बच्चा जन्मिएकोमा छ वटा सकुशल रहेका छन् ।

    https://www.newsvitto.com/wp-content/uploads/2021/09/video-1631346360.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.