सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोजगारीको सिलसिलामा मलेसिया गएका १७ नेपालीको शव तथा अस्तु नेपाल आइपुग्यो


  •    न्युजभित्तो/२६ भाद्र २०७८, शनिबार १८:२४ 
  • काठमाडौं,२६ भन्दौ । वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। त्यस्तै रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आज नेपाल आइपुगेको छ।

    नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट शव तथा अस्तु ल्याइएको हो। जसमा छ जनाको शव आएको छ भने ११ जनाको अस्तु ल्याइएको छ।

     

     

    उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको शव ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो।

    गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा कोभिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्यान गुमाएका छन्। हार्टअट्याक, दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्यान गुमाउने गरेका छन् भने कतिपय अवस्थामा मृत्युको कारण नै नखुल्ने पाइएको छ।

    हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका पुगेकाहरू शव बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.