सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन क्षेत्रका समस्या सरकारले बुझेन : अध्यक्ष भट्टराई


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १६:१५ 
  • पोखरा, २५ भदौ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ ।

    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान०को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, कार्यक्रम ल्यायो भनेर हामीले स्वागत गर्न हतार गरेजस्तो भयो, नतिजा देखिएन ।”

    महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले हर्जाना, जरिवानासहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताउँदै उहाँले निजी क्षेत्रको भूमिकालाई मूल्याङ्कन गरेर पर्यटनमैत्री नीति ल्याउन सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष उहाँले भन्नुभयो, “आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।” अध्यक्ष भट्टराईले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो रहेको बताउनुभयो । उहाँले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताउनुभयो ।

    नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय रुपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेष्टिभलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विश्वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको उल्लेख गर्दै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

    पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडकोे सौन्दर्यकरणका लागि वडाले विभिन्न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम भएपनि अझै पर्याप्त हुन नसकेको बताउनुभयो ।

    रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना कहरकोे बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले सङ्कटमा परेको उल्लेख गर्दै पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबै पक्षबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    रेवानका उपाध्यक्ष नरेश भट्टराई र महासचिव विकास भट्टराईले पर्यटन क्षेत्रसँग आवद्ध सबैलाई खोपको सुनिश्चित गरेर यस क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.