सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा सेतोपुतलीको संक्रमण शुरु, उपचारमा ढिलाई भए आँखाको ज्योति नै गुम्न सक्ने


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १२:२४ 
  • पोखरा, २५ भदौं । पोखरा क्षेत्रमा हिजोआज (सापु) को संक्रमण देखा परेको छ ।

    हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग बिषशेज्ञ डा. इन्द्र महर्जनका अनुसार विगत दुई साता देखि पोखरा क्षेत्रमा सेतो पुतलीको शंक्रमण देखा परेको बताए ।

    आँखामा सेतो पुतलीको झुस बिजेर रातो र सुनिएका करिब २० जना बिरामीहरु हिमालय आखाँ अस्पतालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा. महर्जनले जनाए ।आखाँ रातो र सुनिएको अबस्थामा जति सक्दो छिटो आँखा अस्पतालमा गएर उपचार गर्दा निको हुने उनले जनाए । आखाँमा पिप परेको अबस्थामा आखाँमा सुई लगाउने र आखाँको अप्रेसन गर्ने दुई ढंगबाट उपचार गर्न सकिने भएको डा। महर्जनले जनाए ।

    प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका कर्णहरु आँखामा पर्न गएमा समयमै उपचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा.महर्जनले चेतावनी दिएका छन्। पछिल्लो दुई हप्तामा सेतो पुतलीको झुसका कर्णहरु बिजेका कारण आँखामा पिप समेत परेर शल्यकृया गर्नु परेको उनले जनाए ।

    अस्पतालमा हालसम्म पोखरा सहित बागलुङ र म्याग्दी लगायतबाट आँखाका बिरामीहरु आउने गरेको डा.महर्जनले जनाए । केही बर्ष पहिला एक बर्ष बिरायर मात्र पश्चिम तथा पोखरा क्षेत्रमा देखिन थालेको सेतो पुतली पछिल्ला बर्षबाट देशका धेरै ठाँउमा देखा पर्न थालेको उनले बताए । केही समय अघि ५ बर्ष मुनिका बावबालिकाहरुमा सेतो पुतलीको शंक्रमण देखा परे पनि पछिल्लो ५ बर्ष यता सवै उमेर समुहका व्यक्तिमा सेतो पुतलीको शंक्रमण देखा पर्न थालेको उनले जनाए ।

    पोखरामा केही बर्ष देखि सेतो पुतली आतंक जस्तै भएको छ । ५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । सेतो पुतली संक्रमित भएका बिरामीलाई समयमै वा एक दिन भित्र उपचार गर्न सम्बन्धित अस्पतालमा पुर्याउन सकेको खण्डमा सुइ, अप्रेशन, औषधि कुनै विधिबाट उपचार सम्भव हुने डा.महर्जनले दाबी गरे ।

    सेतो पुतली संक्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चिकित्सकले बताएका छन्। उनले भने “ आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतोपुतलीको रियाक्सनले समयमै उपचार हुन नसके आँखाको रेटिना सहितको भाग नै नष्ट पार्ने डा।महर्जनले दाबी छ । यस्तो संक्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन डा. मर्हजनले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.