सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार ११:१२ 
  •  काठमाडौं,२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् ।

    पौडेलले भनिन्, ‘प्रधानमन्त्रीले एकदमै ढिलो भइसकेको छ, अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ । तपाईंहरुले पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउनुस् भन्नुभयो ।’

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

    कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.