सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल मुस्लिम संघको पनि धर्ना सुरु


  •    न्युजभित्तो/२३ भाद्र २०७८, बुधबार १६:५१ 
  • काठमाडौं,२३ भदौ । नेपाली काँग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।

    संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन सुरु गरेको हो ।

     

    प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दवाव दिन आफूहरुले धर्नालगायतका दवाव आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताए ।

    उनले आफूहरुको सो माग सम्बोधन नभएसम्म पार्टी केन्द्रीय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिए । सभापति सत्तारले भने, ‘पार्टी भित्र आफूहरुले प्रवेशनै नपाउने गरी जुन अवस्था आयो । त्यसको विरुद्धमा धर्ना सुरु गरेका छौं । जबसम्म निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याएर आउँदैन् तबसम्म यसलाई हामी जारी राख्छौं । आगामी भदौं २७ गते भित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा जानुपर्ने हुन सक्छ ।’

    संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९-१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.