सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एम.सी.सी खारेज अभियान संयुक्त संघ्रर्ष समिति द्धारा चितवनका संघिय संसदलाई तिन दिने अल्टिमेटम ,


  •    न्युजभित्तो/२३ भाद्र २०७८, बुधबार १६:३२ 
  • चितवन,२३ भदौ। एमसिसी सम्झौता सदनबाट पारित गराउने षडयन्त्र भइरहेको भन्दै अहिले आम नागरिकले नेता र नेतृत्वमाथि त्यो प्रकारको गलत काममा नफस्न खबरदारी गरिरहेका छन् ।

    नेपाली जनताको मनोभावना माथि कुठाराघात गर्ने मनसायका साथ खतरनाक एमसिसीजस्तो राष्ट्रघाती योजना अगाडि आएको भन्दै अहिले सडकमा हरेक दिन विरोध प्रदर्शनसमेत भइराखेको छ । गृहमन्त्रालयले विरोधमा उत्रनेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । चितवनमा त झन एमसिसी खारेज अभियान संयुक्त संघर्ष समिति गठन गरेर हरेक गाउँ टोल स्थानीय तहदेखि बजार र चोकचोकमा विरोधका कार्यक्रम भइराखेका छन् ।

    चितवनमा वामपन्थी नेता फडिन्द्र आचार्य र अजिव पौडेलले यसको मुल नेतृत्व गरिरहेका छन् भने विप्लव नेतृत्वको नेकपाले यहाँ लिड गरिरहेको छ । बाँकी धेरै राष्ट्रवादी संघसंस्था, नेता र नेतृत्वको साथ रहेको छ । आममानिसहरु एमसिसीको विरुद्ध खुलेर विरोधमा आएका छन् ।

    विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जन निर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको छ । देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । सांसदको मेलमा पत्र पठाएको पौडेलले बताए ।

    उनीहरुले संघीय सांसद तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संघीय सांसद सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तीन दिने अल्टिमेटम दिएका हुन् । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरुका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.