वागमती प्रदेश सरकारमा १० मन्त्री थपिँदै, आजै सपथग्रहण
न्युजभित्तो/२३ भाद्र २०७८, बुधबार १४:०१
काठमाडौं, २३ भदौ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।
आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छन् :

१। अजय क्रान्ति शाक्य, काठमाडौं
२। चन्द्र लामा, काभ्रेपलान्चोक
३। रचना खड्का, दोलखा
४। शान्तिप्रसाद पौडेल, रामेछाप
५। प्रदीप कटुवाल, सिन्धुली
६। विजय सुवेदी, चितवन
७। सरस्वती बाटी, भक्तपुर
८। बद्री मैनाली, नुवाकोट
९। जुनेली श्रेष्ठ, मकवानपुर
१०। जीवन खड्का, ललितपुर