सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलविद्युत आयोजना बन्द हुँदा करोडौ नोक्सानी


  •    न्युजभित्तो/२३ भाद्र २०७८, बुधबार १०:४४ 
  • बेनी,२३ भदौ । म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार वटा जलविद्युत आयोजनाको उत्पादन बन्द हुँदा करोडौ नोक्सानी भएको छ।

    पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक वटा जलविद्युत आयोजनाको ७०.६ मेगावाट विद्युत प्रसारण प्रणालीबाट बिच्छेद भएको छ।

    मोदीखोला–१ जलविद्युत आयोजनाको विद्युतगृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको ४ नम्बरको टावर गत शुक्रबार राती बाढी र पहिरोका कारण ढलेको थियो।

    १० मेगावाट क्षमताको मोदी–१ जलविद्युत आयोजनाको प्रर्वद्धक युनाईटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेशन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका बताए।

    पाँच सय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ। मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाको पनि उत्पादन बन्द भएको हो।

    नेपाल विद्युत प्राधिकरणले डाइभर्सन (बैकल्पिक) टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौ मूल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रर्बद्धक रहेको म्रिस्तीखोला जलविद्युत आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए।

    ‘विद्युत प्राधिकरणले खपत गर्न नसक्दा ३० देखि ३५ मेगावाटको हाराहारीमा उत्पादन गरिरहेका थियौँ,’ उनले भने ‘सञ्चालनमा आएको दुई महिनामै उत्पादन बन्द गर्नुपर्दा थप घाटा व्यहोर्नुपर्ने भयो।’

    कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२० केभी क्षमताको दाना सबस्टेशनमा जोडिएका म्रिस्ती खोला, थापाखोला र घलेम्दीको विद्युत कुस्माको खुर्कोट सबस्टेशन हुँदै मोदी–१ को १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेशनमा पुग्छ। मोदी सबस्टेशनसम्म पुग्ने विद्युत स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ।

    बढी भएको विद्युत मोदीबाट लेखनाथ सबस्टेशनसम्म पु¥याउने गरिएको छ। नेपाल विद्युत प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेल लगायतको टोलीलाई खटाएको जनाएको छ। मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत सेवालाई शनिबार साँझदेखि नै सञ्चालनमा ल्याएको प्राधिकरणको टोलीले प्रसारण लाइन मर्मतमा प्राथमिकताका साथ निरन्तर खटिएको जनाएको छ।

    यसपालिको बर्षा सुरु भए यता गण्डकी प्रदेशका विद्युत पूर्वाधारमा दस अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले जनाएको छ। बाढी र पहिरोले निर्माणाधिन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत आयोजना एवम् प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा उर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.